Menu

आजको मौसम

मिथिला नगरपालिकाको विद्यालयमा स्थानीय विषय समेटेको पाठ्यक्रम लागु पर्ने तयारी

Author
Trilok Khabar |
December 10, 2021
Featured

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिकाले जिल्लामा पहिलो पटक नगरपालिकाको पहिचान समेटिएको पाठ्यक्रम मिथिला ज्ञानमाला विद्यालयमा लागु गर्न लागेको छ । 

नगरपालिकाको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर तयार पारेको सो नव निर्मित पाठ्यक्रम एक कार्यक्रमका बीचमा नगरपालिकाका प्रमुख हरिनारायण महतोलाई हस्तान्तरण गरिएको छ । 

सभ्यता अनुसन्धान केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम पहिलो पटक कक्षा १ देखि ५ सम्म लागु गर्न लागेको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिनु भएको छ । 

मिथिला नगरपालिकासँग सम्झौता गरेर संस्थाले अनुसन्धान तथा छलफलको आधारमा तयार भएको र यस पाठ्यक्रमको माध्यमले मिथिला नगरपालिकाको विषयमा विद्यार्थीहरूलाई कक्षा १ देखि नै ज्ञान हुने विश्वास नगरपालिकाको रहेको छ । 

धनुषा जिल्लाका १८ पालिका मध्ये पहिलो पालिकाको रूपमा मिथिला नगरपालिकाले स्थानीय विषयहरू समेटेर तयार पारेको मिथिला ज्ञानमाला चाडै विद्यालयहरूमा लागु पर्ने प्रतिबद्धता नगर प्रमुख महतोले व्यक्त गर्नु भयो । 



https://ift.tt/3oGGmvo

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3