Menu

आजको मौसम

भारतमा नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिएसँगै बीरगंजमा सतर्कता बढाइयो

Author
Trilok Khabar |
December 03, 2021
Featured

बीरगंज  । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्सामा सतर्कता बढाइएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) पर्सालाई सक्रिय बनाइएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बसेर नयाँ भेरिएन्ट नेपाल भित्रिन नदिन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई तत्काल एक्सन प्लान बनाउने जिम्मा दिइएको जानकारी दिनुभयो ।

खुला सीमासँगै मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भारतबाट हुने आवतजावतको कारण नयाँ भेरिएन्टको उच्च जोखिममा रहेकोले स्थानीय प्रशासन पहिलो चरणमै नियन्त्रणका लागि सक्रिय रुपमा लागि परेको प्रमुख जिल्ला अधिकारी ढकालले दाबी गर्नुभयो । 

बीरगंज तथा पर्सा जिल्लामा कोरोना सङ्क्रमणको पछिल्लो दुई पटकको लहरबाट पाठ सिक्दै तत्काल एक्सन प्लान बनाएर नियन्त्रणको जिम्मा सम्बन्धित निकायहरूलाई दिइएको समेत  उहाँले बताउनुभयो ।  

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लावासीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गर्दै सबैलाई अनिवार्य रूपले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र खोप नलगाएकाहरूले उपलब्ध भएसम्म खोप लगाउन समेत आग्रह गर्नुभयो । 

उहाँले तत्कालै उच्च स्वास्थ्य निगरानीका लागि सीमा क्षेत्रको हेल्थ डेस्कलाई थप प्रभावकारी व्यवस्थित र सशक्त बनाइने दाबी समेत गर्नुभयो ।



https://ift.tt/3ojK4v1

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3