Menu

आजको मौसम

६० लाख भन्दा बढी तस्करीको सामान सहित एक पक्राउ

Author
Trilok Khabar |
December 30, 2021
Featured

वीरगंज । ६० लाख भन्दा बढी मूल्यको राजस्व छली भित्र्याइको खुद्रा सामान तथा औषधी बोकेको ट्रक सहित एक जनालाई आज पर्सा प्रहरीले वीरगंजबाट नियन्त्रणमा लिएको छ । 

विल विजक नभएको खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरी वीरगंजबाट पोखरा तर्फ जान लागेको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोक स्थित सडक खण्डबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी प्रहलाद कार्कीले जानकारी दिनुभयो । 

प्रदेश नं. २-०३-०० १ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा विल विजक नभएको र भन्सार छलेर भित्र्याएका खुद्रा सामानहरू तथा औषधी फेला परेको हुँदा उक्त ट्रक तथा त्यसका चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय नसरूदीन मियाँलाई नियन्त्रणमा लिएको कार्कीले बताउनुभयो । 

सामानको ६० लाख मूल्याङ्कन गरी थप कारबाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता कार्कीले बताउनुभयो । 



https://ift.tt/3FL8AeI

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3