सप्तरी । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठनमा महिला कर्मचारीको सङ्ख्या बढाउनु जरुरी रहेको बताउनुभएको छ ।
प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुरधामको सम्पर्क कार्यालय राजविराजमा महिला आवास गृह, कक्षा कोठा तथा आवास गृहको आज उद्घाटन गर्दै थापाले यसका निम्ति आफूहरूले काम गरिरहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान अनुसार ३३ प्रतिशत महिला सहभागितालाई सङ्गठनले प्राथमिकतामा राखेको छ।”
प्रारम्भमा आफूहरूले जागिर खाँदा ३÷४ प्रतिशत मात्रै महिलाको सहभागिता रहेकोमा अहिले झन्डै ११ प्रतिशत सहभागिता रहेको जानकारी दिनुभयो ।
उहाँले ५० प्रतिशत महिला सेवाग्राही रहेको अवस्थामा आगामी दिनमा यसको सङ्ख्या बढाउनु जरुरी रहेको बताउनुभयो ।
नेपाल प्रहरीको आफ्नै लैङ्गिक नीति रहेको भन्दै उहाँले महिलामैत्री वातावरण कसरी सृजना गर्न सकिन्छ भन्नेमा आफूहरूले विशेष चासो राखेको बताउनुभयो ।
“नेपाल प्रहरी आधा आकाश ढाकेको महिलालाई न्याय प्रदान गर्ने प्रारम्भिक निकाय पनि हो” उहाँले भन्नुभयो, “महिला हुने हिंसा आपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै डिल गर्दा सहज हुन्छ र न्यायको सही र असल सम्पादन हुन्छ भन्ने हाम्रो विश्वास हो । बनेका यी भौतिक संरचनाले आगामी दिनमा प्रश्रय दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।”
एमआईपीपी परियोजना अन्तर्गत यूनप्सको सहयोगमा दुई सय जना क्षमता भएको महिला आवास गृह र ५० जना क्षमता भएको ४ वटा कक्षा कोठाको निर्माण भएको छ ।
यस्तै, साबिकको अतिथि गृहलाई रिट्रोफिटिङ पश्चात् पुनः निर्माण गरिएको छ ।
https://ift.tt/3qqwPIz
प्रतिक्रिया लेख्नुहोस्