स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

समृद्ध राष्ट्र निर्माणका लागि तीनै तहका सरकारको सहकार्य जरुरी : मन्त्री झाँक्री

SHARE:

जनकपुरधाम । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले १५ औँ योजनाले निर्धारण गरेको “सुखी नेपाली समृद्ध राष्ट्र” को निर्माणका लागि सबै तहका सरकारले एक ढिक्का भएर कामकाज गरे मौलिक रूपमा कार्यान्वयन गर्न सकिने बताउनु भएको छ ।

शहरी विकास मन्त्री झाँक्रीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोभिड–१९ खोप भण्डारण गृहको आज जनकपुरधाममा शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो । 

उहाँले वर्तमान संविधानले निर्धारण गरेको मौलिक हकहरूको कार्यान्वयन गर्नका लागि सबै तहका सरकारलाई संविधानले नै क्षेत्राधिकार तथा काम कर्तव्य अधिकार तोकेकाले सोही अनुसार इमान्दार प्रयास भएको खण्डमा मुलुकलाई चाडै समृद्धिको बाटोमा लान सकिने बताउनुभयो । 

शहरी विकास मन्त्री झाँक्रीले घर विहीन नागरिकहरूलाई आवासको सुविधा प्रदान गर्नका लागि जनता आवास कार्यक्रम अन्तर्गत बनिरहेको घर निर्माणमा तीनै तहका सरकारको अझ बढी सक्रियता देखाएर तीव्रता दिन आवश्यक रहेको बताउनु भयो । 

उहाँले जनकपुरधामको फोहर व्यवस्थापन, बस पार्कको निर्माण, सुविधा सम्पन्न कारागारको निर्माण महेन्द्रनारायण निधि सभागृहको सञ्चालन अहिलेको सरकारको प्राथमिकतामा रहेकाले सहकार्यका लागि हात बढाउन सबैसँग आग्रह गर्नुभयो । 

मन्त्री झाँक्रीले जनताको स्वास्थ्य सम्बन्धी अधिकारको सुनिश्चितताका लागि शिलान्यास गरिएका संरचनाहरूको निर्माणले मद्दत पुग्ने भएकाले समयमा नै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई आग्रह गर्नु भयो । 

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश, स्थानीय तथा सङ्घीय सरकारका बीचमा जून प्रकारले सहकार्य हुनु पर्दथ्यो त्यो अनुसार नभएको कारणले विकास निर्माणका कामकाजले गति नलिएको बताउनुभयो । 

उहाँले निर्माण हुन लागेको संरचनाको निक्कै ठुलो महत्त्व भएको बताउँदै यसको निर्माणले विगतमा कोरोनाका समयमा प्रदेशवासीले भोग्दै आएको पिडामा कमी आउने विश्वास व्यक्त गर्नु भयो । 

मुख्यमन्त्री राउतले निर्माण व्यवसायीहरूले घटीमा ठेक्का कबोल गरेर समयमा निर्माण गर्ने प्रवृत्ति विगतमा देखिएकाले यो संवेदनशील विषयको निर्माणमा त्यसो नगर्नका लागि आग्रह गर्नुभयो । 

प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले जनकपुरधाममा निर्माण हुन लागेको जनस्वास्थ्य प्रयोगशाला, मेडिकल स्टोर र खोप भण्डारणले मानवको जीवन रक्षामा ठुलो मद्दत गर्ने विश्वास व्यक्त गर्दै बस पार्कको निर्माण गर्नमा सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण गर्नुभयो । 

प्रदेश नंं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जनकपुरधामको फोहर व्यवस्थापनका लागि व्यवस्थित फोहरको व्यवस्थापनमा सहयोगका लागि आग्रह गर्दै जनकपुरधाममा व्यवस्थित धर्मशाला, रङ्गभूमि मैदानको व्यवस्थापन र राम जानकी स्टेडियमको निर्माणमा विशेष ध्यान दिन सङ्घीय सरकारका मन्त्रीको ध्यानाकर्षण गर्नुभयो । 

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा शहरी विकास विभागका महानिर्देशक पद्मम कुमार मैनाली, प्रदेश नंं २ को स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद कुमार यादव सहितका वक्ताहरूले बोल्नु भएको थियो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण भ्याट र कन्टीजेन्सी बाहेक ७ करोड, २७ लाख ३ हजार ९ सय २५ रुपैयाँमा २०८० साल वैशाख ९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख रहेको छ । 



https://ift.tt/3m6DE0u

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: समृद्ध राष्ट्र निर्माणका लागि तीनै तहका सरकारको सहकार्य जरुरी : मन्त्री झाँक्री
समृद्ध राष्ट्र निर्माणका लागि तीनै तहका सरकारको सहकार्य जरुरी : मन्त्री झाँक्री
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1639546888145-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_63.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_63.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content