स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

क्षमता विकासका लागि दुई दिने कार्यक्रम जनकपुरधाममा शुरु

SHARE:

जनकपुरधाम । सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्नका लागि मद्दत गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोगले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूका उच्च अधिकारीहरूको क्षमता विकासका लागि दुई दिने कार्यक्रम जनकपुरधाममा शुरु भएको छ । 

प्रदेश नंं २ सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालय, विभिन्न मन्त्रालयहरू, प्रदेश नीति तथा योजना आयोगका उच्च अधिकारीहरू सहभागी रहनु भएको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, उपसचिव डा. नारायण राज  पौडेलले मध्यकालीन खर्च संरचना, आयोजना बैङ्क, समपूरक तथा विशेष अनुदान सफ्टवेयरका विषयमा प्रशिक्षण दिइरहनु भएको छ । 

प्रदेश नंं २ बाट गत आर्थिक वर्षमा प्रक्रिया पुर्‍याएर निक्कै कम योजना माग गरेको जानकारी दिँदै योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले कागजी प्रक्रिया नपुगेको योजनाहरू माग गर्दा निकासा नहुने गरेको बताउँदै कागजी प्रक्रिया पुरा गरेर योजना माग गर्नका लागि सुझाव दिनुभयो ।  

प्रदेश नंं २ को धनुषा, महोत्तरी, सर्लाही तथा सिरहा जिल्लाका स्थानीय निकायका प्रतिनिधिहरू पनि सहभागी भएको सो कार्यक्रमको उद्घाटन प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कर्मचारी संयन्त्रबाट पाउनु पर्ने सहयोग नपाएका कारणले प्रदेश नंं २ ले कतिपय विकासको कामकाज गर्न नसकेको बताउनुभयो । 

उहाँले पछिल्लो चरणमा अनुभवी र क्षमतावान् सचिवहरू मन्त्रालयमा पठाउने गरेको  भए पनि सुरुको समयमा प्रदेशमा काम हुन नदिनकै लागि काम नगर्ने खालको कर्मचारी पठाउने गरेको आरोप लगाउनु भयो । 

मुख्यमन्त्री राउतले सङ्घीयताका मूल मर्म समानुपातिकता, समावेशिता र जनसङ्ख्याको आधार राज्यको हरेक क्षेत्रमा सहभागिता गराउनु भएको र यसका लागि आफूले गरेको काम र त्यसको परिणाम दश पन्ध्र वर्ष पछि देखिने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसाद साहले सङ्घीयतालाई बलियो बनाउनका लागि जनताको विकास प्रतिको चाहना पुरा गर्नका लागि तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य जरुरी रहेको बताउनुभयो । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले विकासको दृष्टिकोणले पछाडि परेको  प्रदेश २ को विकास विना मुलुकको विकासको कल्पना गर्न नसक्ने भएकाले प्रदेश २ मा बढी योजना दिनका लागि आग्रह गर्नु भयो । प्रदेश २ का मुख्य सचिव हरि प्रसाद मैनालीले सङ्घीयताको सफलताको लागि जनचाहना अनुसारको विकासको कामकाज हुन जरुरी रहेको बताउनुभयो । 

भोलिसम्म चल्ने सो कार्यक्रममा प्रदेश तथा स्थानीय तहमा भएको समस्याहरूको विषयमा पनि छलफल हुनेछ ।



https://ift.tt/3JpHfks

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: क्षमता विकासका लागि दुई दिने कार्यक्रम जनकपुरधाममा शुरु
क्षमता विकासका लागि दुई दिने कार्यक्रम जनकपुरधाममा शुरु
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1640774525325-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/12/blog-post_66.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/12/blog-post_66.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content