![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1640153120976-1024x768.jpg)
जनकपुरधाम । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नंं २ को बाँकी रहेको प्रदेश अधिवेशनको उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशित गरेको छ ।
प्रदेश नंं २ का निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले मतपत्र छपाएर आएपछि आजै दिउँसोदेखि मतदान प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो ।
छापाखानाले जति छिटो मतपत्र छापेर प्रदान गर्छ त्यति नै चाँडो मतदानको प्रक्रिया सुरु हुने गौतमले जानकारी दिनुभयो ।
काँग्रेसको प्रदेश समितिमा प्रदेश अध्यक्षसहित ८ पदाधिकारी र ६४ वटा प्रदेश समितिका सदस्यसहित कूल ७२ वटा पदको लागि निर्वाचन हुन लागेको छ ।
अहिले मतदानका लागि आठै जिल्लाका प्रतिनिधिहरू जनकपुरधामको गोपाल धर्मशालामा भेला हुनुभएको छ ।
यसैबीच उम्मेदवारी दर्ता गरेका मध्ये प्रदेश समितिको आदिवासी महिला सदस्यमा मनमाया तामाङ्गनी, विमला देवी साह सप्तरी, महोत्तरीबाट उषा देवकोटा, पर्सा जिल्लाका महिला सदस्यमा किरण कुमारी शर्मा तथा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध निर्वाचित हुनुभएको प्रदेश निर्वाचन समितिका संयोजक गौतमले जानकारी दिनुभयो ।
तीनै पदमा एकल उम्मेदवारी परेको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/12/1640153120959-1024x768.jpg)
प्रदेश २ मा खास गरेर संस्थापन पक्ष अर्थात् पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव र संस्थापन इतर विमलेन्द्र निधिको पक्षबाट नेपाली काँग्रेसका प्रदेश नंं २ का संसदीय दलका नेता एवं प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्यानलमा उम्मेदवारी दिनुभएको छ ।
यसैबीच, मतदान हुने गोपाल धर्मशाला स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । गोपाल धर्मशाला क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सङ्ख्यामा परिचालन गर्ने गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
https://ift.tt/3qjgOnW
प्रतिक्रिया लेख्नुहोस्