Menu

आजको मौसम

धनुषाका ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप

Author
Trilok Khabar |
January 09, 2022
Featured
फाइल तस्बिर

जनकपुरधाम । धनुषा जिल्लामा खोरेत रोगको संक्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जिल्लामा ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप दिइएको छ । 

धनुषा जिल्लाका १८ पालिकाको पशु शाखा मार्फत खोप दिने काम भएको विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले जानकारी दिनुभयो । खोरेत रोगको सङ्क्रमणका  कारणले कतिपय किसानहरूको गाई भैँसीको मृत्यु भएपछि एफएमडि खोप दिने काम भएको छ । 

महामारीको रूप लिएको खोरेत रोग भेक्सिनेसनपछि अहिले नियन्त्रणमा आएको दाबी पनि भेटेरिनरी अस्पताल तथा  पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ । खोरेत रोगका कारणले गाई भैँसीको खुर तथा मुखमा भएको घाउ निको पनि हुन थालेको छ । 

खास गरेर खोरेत रोग लागेपछि खुट्टा तथा मुखमा घाउ भएर किरा लाग्ने र पशुले खान खान छोड्ने र त्यसपछि लडेर मृत्यु हुने गरेको छ । निक्कै प्राणघातक रोगको रुपमा रहेको खोरेत रोग यस पटक सिरहा जिल्लाबाट धनुषामा सरेका थिए । 

खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुलाई पनि सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नु पर्ने सुझाव पशु चिकित्सकहरूले दिनु भएको छ । 

वर्षेनी रुपमा फैलिने गरेको खोरेत रोगको सङ्क्रमणबाट पशु चौपायालाई जोगाउनका लागि नियमित रुपमा नै खोप लगाउनका लागि किसानहरूलाई पशु चिकित्सकहरूले सुझाव दिनु भएको छ ।   



https://ift.tt/3n8RC2w

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3