Menu

आजको मौसम

धनुषामामा सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, १३ घाइते

Author
Trilok Khabar |
January 02, 2022
Featured

जनकपुरधाम । पूर्व पश्चिम लोक राजमार्ग अवरोध गर्नका लागि पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ८ पोर्तामा झडप भएपछि १३ जना घाइते भएका छन् । 

झडपको क्रममा ८ प्रहरी र ५ प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

राजमार्ग खुलाउने क्रममा प्रहरी माथि ढुङ्गा मुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १६ राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले बाध्य भएर रब्बरको गोली चलाउँदा राउतका ५ जना कार्यकर्ताहरू घाइते भएका छन् । 

अनिश्चितकालिन राजमार्ग अवरोध गर्ने कार्यक्रम अन्तर्गत राजमार्ग अवरोधका लागि पुगेका कार्यकर्ताहरूलाई प्रहरीले सम्झाई बुझाई गर्दा पनि नमानेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्नु परेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनु भएको छ । 

झडपका क्रममा सशस्त्र प्रहरीका ७ जना तथा नेपाल प्रहरीका १ जना घाइते भएका छन् भने डा. राउतका जनमत पार्टीका ५ जना कार्यकर्ताहरू घाइते भएका छन् । प्रहरीहरू राउतको कार्यकर्ताले प्रहार गरेको ढुङ्गामुढावाट घाइते भएका थिए । 

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग सुचारु भएको धनुषाका प्रमुख जिल्ला अधिकारीले बास्तोलाले  जानकारी दिनु भएको छ । 

राजमार्ग अत्यावश्यक भएकाले राजमार्ग अवरोध गर्न नमिल्ने भएकाले प्रहरीले राजमार्ग खुलाउने क्रममा बाध्य भएर बल प्रयोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो । 

यसै बीच प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेश नंं २ का ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, नेपाली सेनाका प्रमुखको सहभागितामा महोत्तरीको बर्दिबासमा सुरक्षा बैठक जारी रहेको छ । 



https://ift.tt/3qDCco8

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3