स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

धनुषामामा सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, १३ घाइते

SHARE:

जनकपुरधाम । पूर्व पश्चिम लोक राजमार्ग अवरोध गर्नका लागि पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ८ पोर्तामा झडप भएपछि १३ जना घाइते भएका छन् । 

झडपको क्रममा ८ प्रहरी र ५ प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

राजमार्ग खुलाउने क्रममा प्रहरी माथि ढुङ्गा मुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १६ राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले बाध्य भएर रब्बरको गोली चलाउँदा राउतका ५ जना कार्यकर्ताहरू घाइते भएका छन् । 

अनिश्चितकालिन राजमार्ग अवरोध गर्ने कार्यक्रम अन्तर्गत राजमार्ग अवरोधका लागि पुगेका कार्यकर्ताहरूलाई प्रहरीले सम्झाई बुझाई गर्दा पनि नमानेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्नु परेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनु भएको छ । 

झडपका क्रममा सशस्त्र प्रहरीका ७ जना तथा नेपाल प्रहरीका १ जना घाइते भएका छन् भने डा. राउतका जनमत पार्टीका ५ जना कार्यकर्ताहरू घाइते भएका छन् । प्रहरीहरू राउतको कार्यकर्ताले प्रहार गरेको ढुङ्गामुढावाट घाइते भएका थिए । 

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग सुचारु भएको धनुषाका प्रमुख जिल्ला अधिकारीले बास्तोलाले  जानकारी दिनु भएको छ । 

राजमार्ग अत्यावश्यक भएकाले राजमार्ग अवरोध गर्न नमिल्ने भएकाले प्रहरीले राजमार्ग खुलाउने क्रममा बाध्य भएर बल प्रयोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो । 

यसै बीच प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेश नंं २ का ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, नेपाली सेनाका प्रमुखको सहभागितामा महोत्तरीको बर्दिबासमा सुरक्षा बैठक जारी रहेको छ । 



https://ift.tt/3qDCco8

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: धनुषामामा सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, १३ घाइते
धनुषामामा सिके राउतका कार्यकर्ता र प्रहरी बीच झडप, १३ घाइते
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/271129084_1073873210063794_2081824804358107702_n.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_2.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_2.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content