Menu

आजको मौसम

अवैध सम्बन्धमा पोल खुल्ने डरले बालिकाको हत्या गर्ने अभियुक्त पक्राउ

Author
Trilok Khabar |
January 30, 2022
Featured

वीरगंज । अवैध यौन सम्बन्धको पोल खुल्ने डरले बालिका रिजवाना महतोको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

गत पुस २४ गते १० वर्षीया बालिका रिजवाना महतोको हत्या गरी वीरगंजको कञ्चनजंघा बोर्डिङको नजिकै शव फेला परेको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाको १० वर्षीया छोरी रिजवाना खातुनको हत्या गरेको आरोपमा वीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवा बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाल प्रसाद कुर्मीलाई प्रहरीले  पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले अवैध सम्बन्ध लुकाउने उद्देश्यले मोती पटेलले रिजवानाको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताउनु भयो । 

मुस्लिम थरकी आमा झडकेलो छोरी सहित सरोज कुशवाहासँग दोस्रो विवाह गरेकी थिइन । बालिकाको आमाको अवैध यौन सम्बन्ध मोती पटेलसँग रहेको र सो सम्बन्धमा बालिकालाई थाहा भएपछि पोल खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरी अनुसन्धानको क्रममा मोती लाल प्रसाद कुर्मीले स्वीकार गरेका छन् । 

अभियुक्तलाई बालिकाको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा डिएसपी खनालले बताउनुभयो ।



https://ift.tt/bHTh0ZE4W

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3