Menu

आजको मौसम

बारागढी गाउँँपालिका ः सरूवा भई आएका अधिकृत नै चाहिन्छ भन्दै विरोध प्रदर्शन

Author
Trilok Khabar |
January 24, 2022
Featured

वीरगंज, १० माघ । बारा जिल्लाको बारागढी गाउँँपालिकाका अध्यक्ष देवदत्त बछार विरूद्ध स्थानीयहरू विरोध प्रदर्शन गरेका छन् । आइतवार पालिकामा पुगेको स्थानीयहरूको समूहले पालिका अध्यक्ष बछार विरूद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । गत ४ गते पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भइ आएका वकिल पाललाई हाजिर नगराई पालिकाको कामकाज ठप्प पारेपछि आक्रोशित स्थानीयहरू अध्यक्ष विरूद्ध प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्र सिंह दरवार काठमाडौंबाट सरूवा भई पालिकामा नयाँ प्रमुख प्रशासीय अधिकृतको रूपमा वकिल पाल आएसँगै अध्यक्ष सहितका जनप्रतिनिधिहरूले हाजिर नगराई कर्मचारीहरूले समेत पालिकाको कामकाज ठप्प पारेको भन्दै स्थानीयहरू अध्यक्ष बछार विरूद्ध प्रदर्शन गरेका हुन् । 'जातीय कर्मचारी होइन, राम्रो कर्मचारी चाहियो', 'गापाको भ्रष्टाचार बन्द गर, गापा अध्यक्षको दादागिरी चल्दैन', 'कानून मिच्न पाइँदैन, एकतन्त्रित शासन चल्दैन' 'आएका हाकिमलाई काम गर्न देउ, कानूनी व्यवस्था कायम गर' लगायतका नारायुक्त प्लेकार्ड बोकी स्थानीहरू विरोध प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3