
राजविराज । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई प्रदेश सरकारले ३ लाख उपलब्ध गराउने बताउनुभएको छ ।
आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।
नेपाल पत्रकार महासङ्घ, शाखा सप्तरीले आज सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिने बताउनुभयो ।
यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदै छ । यो दिवसमा मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रवक्ता साहले जानकारी दिनुभयो ।
यस्तै, मधेस आन्दोलनमा घाइतेलाई पनि रकम प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिनुभयो ।
https://ift.tt/3JW1LJB
प्रतिक्रिया लेख्नुहोस्