Menu

आजको मौसम

प्रदेश २ सरकारले शहीद परिवारलाई ३ लाख उपलब्ध गराउने

Author
Trilok Khabar |
January 10, 2022
Featured

राजविराज । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई  प्रदेश सरकारले ३ लाख उपलब्ध गराउने बताउनुभएको छ  ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।

नेपाल पत्रकार महासङ्घ, शाखा सप्तरीले आज सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले यो रकम प्रदान गरिने बताउनुभयो ।

यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउदै छ । यो दिवसमा मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रवक्ता साहले जानकारी दिनुभयो ।

यस्तै, मधेस आन्दोलनमा घाइतेलाई पनि रकम प्रदान गरिने उहाँले बताउनुभयो  । उहाँले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिनुभयो ।



https://ift.tt/3JW1LJB

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3