स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पचास प्रतिशतले लगाए कोभिड–१९ विरूद्धको पूर्ण खोप

SHARE:


जनकपुर, ६ माघ/
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरूद्धको पूर्ण ९दोस्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुर्ई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरूद्धको खोप लगाउँने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउँने दर बढेको हो । गत पुस २५ सम्म दोस्रो मात्रा खोप लगाउँने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशतमात्र रहेकामा पछिल्लो दुर्ई साताको अवधिमा त्यो संख्या बढेर करिब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्ण खोप लगाउँनेको संख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ  र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ । 
यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा मत्र खोप लगाउँनेको संख्या भने करिब ५९ प्रतिशत छ । त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताउनुभयो । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउँनेको  संख्या बढी छ । निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२ दशमलव दुर्ई प्रतिशतले खोप लगाइसकेका छन् । "यो संख्या प्रदेशगत हिसाबले तेस्रो हो", उहाँले भन्नुभयो, "यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउँनेमा तेस्रो प्रदेश भएका हौँ । यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ । "
सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड– १९ विरूद्धको खोप लगाउँने लक्ष्य लिएकामा मधेश प्रदेशमा सो लक्ष्य पूरा हुन नसके  पनि विगतको भन्दा अहिले खोप लगाउँनेको दरमा वृद्धि भएको जनाइएको छ । 
यस्तै पुसको दोस्रो सातादेखि सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिमी बढेको देखिएको हो । प्रदेशको आठवटै जिल्लामा हिजो एकै दिन २०० नयाँ सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पछिल्लो दुर्ई दिनको अवधिमा प्रदेशमा ४०७ नयाँ सङ्क्रमित थपिएका छन् । हिजो एकैदिन प्रदेशभरि २०७ नयाँ सक्रमित थपिँदा धनुषामा ९१, सप्तरीमा ६५, सिरहामा २६, सर्लाहीमा आठ, बारामा १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसअघि अस्ति मङ्गलवार एकै दिन सप्तरीमा ६३, धनुषामा ५१,  सिरहामा ३३, बारामा १६, सर्लाहीमा दुर्ई र सबैभन्दा कम पर्सामा एकजना गरी २०० नयाँ सङ्क्रमित थपिएका थिए ।
योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या करिब ८९० पुगेको छ । सङ्क्रमितमध्ये तीन जनाको पर्सा जिल्ला अस्पतालको आइसीयूमा र दुर्ई जनाकोे सिरहा अस्पतालमा उपचार भइरहेको तथा बाँकी सङ्क्रमित एकान्त बासमा रहेको निर्देशक झाले बताउनुभयो । पछिल्लो तीन दिनमा कोरोना सङ्क्रमणका कारण धनुषा र सप्तरीमा एक–एक महिलाको मृत्यु भएकोे थियो ।
यस्तै कोरोना महामारी शुरू भएयता यस प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३९ हजार ५६८ सङ्क्रमित हँुदा उपचारपश्चात ३७ हजार ६३६ घर फर्किएका छन् भने एक हजार ४२ को मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणको ग्राफ पहिलो र दोस्रो लहरकै झै बढ्दै गए पनि सङ्क्रमितमा अघिल्लो सङ्क्रमणको जस्तो स्वास्थ्य जटिलता भने नदेखिएको चिकित्सकले बताएका छन् ।
"मङ्सिरको अन्तिमदेखि पुसको दोस्रो सातासम्म कोरोना सङ्क्रमणदर स्थिर थियो", राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका डा रञ्जितकुमार झाले भन्नुभयो, "तर पछिल्लो केही सातादेखि दैनिक कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ, यो खतराको सÍेत हो  तर अहिलेसम्म धेरैमा त्यस्तो जटिलता देखिएको छैन   तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना सङ्क्रमण अझै फैलिन सक्ने तथा ठूलै समस्या उत्पन्न हुनसक्ने सम्भावना छ।" 
"एकातिर छिमेकी मुलुक भारतमा तीव्रगतिमा कोरोना सङ्क्रमितको संख्या बढिरहेको छ भने अर्काेतर्पm उताबाट दैनिक सयौँको संख्यामा नेपालीहरू घर फर्किरहेकाले कोरोना सङ्क्रमण भयावह हुनसक्छ", डा झाले भन्नुभयो, "यस्तो दयनीय अवस्था आउन नदिन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले नाकामा निगरानी र स्वास्थ्य परीक्षणमा कडाइ गर्नु जरूरी छ ।"
साथै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन र खोपलाई तीव्रता दिनु आवश्यक छ । यता कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी धनुषा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य शर्तकतामा कडाइ गर्ने निर्णय गरेको छ । भारतीय सीमासँगै जोडिएको सीमानाकामा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
जिल्लाको जनकनन्दनी गाउँँपालिकाको इनर्वा, खजुरी गाउँँपालिकाको महुवास्थित भारतीय सीमानाकामा हेल्थ डेक्स स्थापना गरिसकेको र नगराइन गाउँँपालिकाको जटहीमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भइरहेको उहाँकोे भनाइ थियो । यसबाहेक अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतलाई बुस्टर डोज खोप लगाउँने तयारी भइरहेको जानकारी दिँदै प्रजिअ पौडेलले माघ ७ गतेदेखि  खोप कार्ड अनिवार्य लागू गराउन जिल्लास्थित सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो ।
मधेश प्रदेशमा कोरोना सङ्क्रमितको उपचारका लागि १५ शय्या,  अस्पतालमा ३४६ आइसोलेशन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयू शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ थान अक्सिजन सिलिन्डर मौज्दात रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभर१२ वटा पिसीआर परीक्षण उपकरणबाट कोभिड–१९ जाँच हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पचास प्रतिशतले लगाए कोभिड–१९ विरूद्धको पूर्ण खोप
पचास प्रतिशतले लगाए कोभिड–१९ विरूद्धको पूर्ण खोप
https://blogger.googleusercontent.com/img/a/AVvXsEjecUvmLHKqpiLM_r-LYK0y8uZhNzXWy0HgmTlV2M-D2-8VYhwqNssAcQO8fqpQNfK5g7cBl4GgOHbJCzm_XukG7u3ltBvcik2vOxvACyS4V9VZoA2vmzxwQkEAOVlF4qBbFUBB5SHuhy51WRzbIoyAL7YEHBSZyoi_8QhGRcg4xJpedpj6TZVfHeNP7A
https://blogger.googleusercontent.com/img/a/AVvXsEjecUvmLHKqpiLM_r-LYK0y8uZhNzXWy0HgmTlV2M-D2-8VYhwqNssAcQO8fqpQNfK5g7cBl4GgOHbJCzm_XukG7u3ltBvcik2vOxvACyS4V9VZoA2vmzxwQkEAOVlF4qBbFUBB5SHuhy51WRzbIoyAL7YEHBSZyoi_8QhGRcg4xJpedpj6TZVfHeNP7A=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_56.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_56.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content