
वीरगंज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले आफू पदमा रहे पनि नरहे पनि वीरगन्जको व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग सदैव रहने बताउनुभएको छ ।
नगरप्रमुख सरावगीले आज एक समारोहका बीच स्व.विन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित स्व.विजयप्रकाश विन दोस्रो स्मृति पत्रकारिता पुरस्कार वीरगंजका वरिष्ठ पत्रकार पुरुषोत्तम भट्टराईलाई प्रदान गर्नुभएको छ ।
भट्टराईलाई कदर पत्र, दोसल्लासहित १ हजार १ सय ११ रूपैँया नगद प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले इतिहासलाई जीवित राख्न अग्रजहरूको योगदानको सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।
समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरूको सम्मान र सामाजिक काममा वीरगन्ज महानगरपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर प्रमुख सरावगीले वीरगंज महानगरपालिकाले जस्तै अन्य स्थानीय तहहरूले पनि सञ्चार गृहलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले वीरगन्ज महानगरपालिकाले सञ्चार माध्यमहरूको विकास र सम्वद्र्धनका लागि पहिलो पटक सञ्चार ऐन ल्याएको बताउँदै यसले वीरगन्जको पत्रकारिताको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले स्व.विन्दुदेवी पाण्डे र स्व.विजयप्रकाश विनले पर्साको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा र स्मरण गर्नुभएको थियो ।
https://bit.ly/342xsRB
प्रतिक्रिया लेख्नुहोस्