Menu

आजको मौसम

वीरगञ्जलाई राजधानी बनाउन माग खबरदारी जुलुस

Author
Trilok Khabar |
January 08, 2022
Featured

वीरगञ्ज, २४ पुष । वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै वीरगञ्जका युवाहरु सडकमा ओर्लिएका छन् । समग्र रुपमा देशकै प्रमुख प्रवेशद्वार एवम् आर्थीक नगरीको रुपमा परिचित वीरगञ्जलाई पाखा लगाउँदै जनकपरलाई राजधानी बनाउन खोजेको भन्दै आक्रोशित वीरगञ्जवासी सडकमा उत्रिएका हुन् ।

वीरगञ्ज राजधानी कायम गर, विद्यायकहरु होशियार भन्ने नाराका साथ युवा, महिलासहित वीरगञ्जवासीहरुले वीरगञ्ज बजार परिक्रमा गरेका छन् । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदहरुको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

वीरगञ्ज राजधानी बनाउने विपक्षमा कुनै पनि प्रदेश सभा सदस्यहरु उठे त्यसको जिम्मेवार आफु नहुने बताउँदै उनीहरुले चेतावनीसमेत दिएका छन् । जुलुश प्रदर्शनमा सहभागीहरुले 'मुख्यमन्त्री मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन , विद्यायकहरु होशियार' लगायतका नारा लगाएका थिए ।

सो अवसरमा नेता, कार्यकर्ता, युवा, महिलासहित सचेत जमातको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3