Menu

आजको मौसम

बार अनुसारको सेवा प्रवाह भएपछि जिप्रका तथा मालपोतमा कम भिड

Author
Trilok Khabar |
January 23, 2022
Featured

जनकपुरधाम । कोरोना सङ्क्रमणको दर उच्च गतिले बढेपछि धनुषाका बढी भिडभाड हुने कार्यालयमा बार अनुसारको सेवा दिने भएपछि आजबाट ती कार्यालयहरूमा सेवाग्राहीको चाँप घटेको छ । 

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालयमा बार अनुसारको सेवा दिने व्यवस्था कार्यालयले गरेपछि कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा कमी आएको छ । 

धनुषाका १८ पालिकालाई तीन भाडमा विभाजन गरेर हप्ताको दुई दिन एक पालिकाका सेवाग्राहीहरूलाई मात्र सेवा दिने भएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्यामा कमी आएको छ । 

दैनिक रुपमा १ हजार देखि १ हजार ५ सय जनाको भिड हुने जिल्ला प्रशासन कार्यालय धनुषामा आज २ सय देखि ३ सय जनाको भिड मात्र देखिइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अत्यधिक भिडका कारणले कर्मचारी तथा सेवाग्राही कोरोनाको जोखिममा पर्ने भएकाले भिड नियन्त्रणका लागि उक्त व्यवस्था गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी सहितको कामकाजका लागि सेवाग्राहीसँगै अन्य व्यक्तिहरू पनि आउने भएकाले अत्यधिक भिड हुने गरेका थिए ।  

यसै गरी मालपोत कार्यालयमा पनि सेवाग्राहीको भिड तुलनात्मक रुपमा पहिला भन्दा निक्कै घटेको छ । अहिले सो कार्यालयले पनि बार अनुसारको सेवा प्रवाह गर्न थालेको छ । उता यातायात व्यवस्था कार्यालयमा बिहान ८ बजे देखि नै सेवा प्रवाहको व्यवस्था गरेको कार्यालयले जनाएको छ ।  



https://ift.tt/3KEtMFZ

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3