स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

हरुवाचरुवा महिलामा आएको परिवर्तनले जनप्रतिनिधि बजेट विनियोजन गर्दै

SHARE:

जनकपुर । घरबाट निस्कन र हतपति बोल्नसमेत लजाउने स्वभावकी सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी शोभादेवी सदा यति बेला भन्ने दलित समुदायको अधिकारका लागि खुलेर बहस गर्न थाल्नुभएको छ ।

परिवारको गुजारा चलाउन वर्षौँदेखि स्थानीय साहुको खेतबारीमा कृषि मजदुरी गर्दै आएकी शोभादेवी यति बेला मजदुरीमा भोगिरहेको समस्या र आफ्ना समुदायको हक अधिकारका बारेमा खुलेर बहस गर्न थाल्नुभएको हो ।

“मधेसी समाज, घरको बुहार्तन र गरिबीका कारण चाहेर पनि पहिला स्वतन्त्र रुपमा हिँडडुल गर्न र बोल्न सक्दैनथ्यो”, उहाँले भन्नुभयो, “जब म आफ्नै गाउँमा गठित हरुवाचरुवा अधिकार मञ्चको सदस्य बन्ने, समूहमार्फत भइरहेको छलफल र बैठकमा सहभागी हुन थालेपछि बोल्ने साहस आएको हो ।” समूहमा दलित समुदाय र त्यसभित्र पनि हरुवा चरुवाको सवाल र अधिकारबारे निरन्तर बहस र छलफल भइरहेकाले आफू पनि सामाजिक विकासका क्षेत्रमा परिचालित भएको शोभा देवीको भनाइ छ ।

“सुरुमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित रिफलेक्ट कक्षामा सहभागी भए”, उहाँले भन्नुभयो, ‘‘त्यहाँ अक्षर चिन्न र महिला अधिकार, हरुवाचरुवा र दलित अधिकारका बारेमा जानकारी भएपछि साहस बढ्यो ।” मजदुरीका क्रममा भोगिरहेको पीडा, साहुमहाजनबाट पाएको दुःख सम्झेर आँखा रसायो, विगतको त्यो सम्झेर मलाई हरुवाचरुवा अधिकारका लागि लड्ने प्रेरणा मिल्यो उहाँको भनाइ छ । विगतको शोषण, दुःख र पीडाले गर्दा नै आफूलाई दलित अधिकारका बारेमा लड्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो । 

बिरामी पतिको उपचारका लागि स्थानीय साहुसँग लिएको ऋण तिर्न नसकेर मजदुरी गर्न बाध्य सप्तरीकै शम्भुनाथ नगरपालिका– ३ की सुमित्रादेवी सदा पनि यति बेला हरुवा चरुवाले भोग्दै आएको दुःख पीडाबारे निर्धक्क भएर बोल्न थाल्नुभएको छ । “सुरुसुरुमा घरको सासु, जेठाजु लगायतले तालिम, भेलामा जान रोक्नुहुन्थ्यो तर बिस्तारै घरमा सबैलाई सम्झाउँदै बुझाउँदै गएपछि कुरा बुझ्न थालेको र अहिले गाउँ टोलदेखि बाहिरी जिल्ला जानु पर्दासमेत कसैले रोक्दैनन्”, सुमित्रादेवीले भन्नुभयो, “अहिले त गाउँदेखि शहर र स्थानीय तहमा समेत आफ्नो हक र अधिकारका बारेमा ढुक्क भएर बोल्न सक्छु ।” 

सामान्य लेखपढ गर्नसमेत नजानेकी सुमित्रादेवी अब साहुमाहजनमा मजुरी गर्न छाडेर गाउँमा किराना पसल खोलेर व्यवसायी गर्ने सोचाइमा रहेको बताउनुभयो । “ज्याला मजदुरीमा दिनभरि काम गर्दा पाँच किलोग्राम धान मात्र ज्याला पाउँछौँ”, उहाँले भन्नुभयो, “त्यसबाट परिवार चलाउनसमेत समस्या हुन्छ, त्यसैले अब गाउँमै व्यवसाय गर्न चाहेकी छु ।” आफूलाई व्यवसाय गर्न गाउँकै हरुवाचरुवा अधिकार मञ्चका सदस्यले सहयोग गर्न आश्वासन दिएको उहाँको भनाइ छ । 

आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी शोभादेवी र सुमित्रादेवीको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमबाट आएको हो । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवा चरुवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको हरुवाचरुवा बचत समूहमा आबद्ध भएकी शोभादेवी र सुमित्रादेवी त्यही समूह सक्रिय छन् । 

दलित र विपन्नता भएकै कारण हरुवा चरुवाका रुपमा जीवन बिताउँदै आएका ती दलित समुदायका महिलामा आएको परिवर्तनसँगै स्थानीय जनप्रतिनिधिले पनि हरुवा चरुवाको सशक्तीकरणका लागि बजेटसमेत विनियोजन गर्न बाध्य भएका छन् । चालू आर्थिक वर्ष २०७८/०७९ मा सप्तरीको शम्भुनाथ नगरपालिकाका विभिन्न वडाले वडा स्तरीय बजेटमा हरुवा चरुवाको सशक्तीकरणका लागि छुट्टै बजेट विनियोजन गरेका छन् । 

शम्भुनाथ नगरपालिका- ३, वडा नं ५, वडा नं ७, वडा नं ८ र वडा नं ९ ले हरुवाचरुवा सशक्तीकरण विशेष कार्यक्रम तथा अतिरिक्त कक्षा सञ्चालनका लागि भन्दै रु एक/एक लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । 

यस्तै हरुवाचरुवा परिवारको सशक्तीकरणका लागि शम्भुनाथ नगरपालिका वडा नं ४ ले रु ५६ हजार ७४६ र र वडा नं ११ ले रु ८८ हजार ७२६ बजेट छुट्याएको नगरपालिकाका सूचना अधिकारी प्रधुम्न पोखरेलले बताउनुभयो । “सुरुसुरुमा हरुवा चरुवाको को हुन, कति सङ्ख्यामा छन् भन्ने नै थाहा थिएन”, उहाँले भन्नुभयो, “गाउँ गाउँमा हरुवा चरुवासम्बन्धी कार्यक्रम चल्न थालेपछि बिस्तारै हामीलाई जानकारी हुन थालेको छ ।” त्यही भएर वडाध्यक्षले आफ्नो वडा स्तरीय बजेटमा हरुवाचरुवा लक्षित कार्यक्रम शीर्षकमा बजेट छुट्याउन थालेको उहाँको भनाइ छ ।  

पछिल्लो समय दलित महिलामा आएको परिवर्तन लोभलाग्दो रहेको बताउँदै शम्भुनाथ नगरपालिका-५ का वडाध्यक्ष हिरणकुमार चौधरीले यहाँको दलित बस्तीका महिलामा आएको चेतनाबाट अन्य ठाउँका महिलाले पाठ सिकेर अघि बढे छिटै समाजमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । रासस 



https://ift.tt/eA8V8J

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: हरुवाचरुवा महिलामा आएको परिवर्तनले जनप्रतिनिधि बजेट विनियोजन गर्दै
हरुवाचरुवा महिलामा आएको परिवर्तनले जनप्रतिनिधि बजेट विनियोजन गर्दै
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_81.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_81.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content