Menu

आजको मौसम

सशस्त्र प्रहरीका सई ईन्द्रनारायण चौधरीको मिलोमतोमा व्यापक रुपमा तस्करी हुँदै; एउटै बिअोपीमा दुई चोटी प्रमुख कसरी ?खोई त अखतियार

Author
Trilok Khabar |
February 15, 2022
Featured

वीरगंज २ सोमबार
सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टी नाकावाट लत्ताकपडा , हाडयेवर , भैसी , जुत्ता चप्पल , कब्बाड र चल्लाको तस्करी व्यापक रुपमा  हुँदै अाएको छ।

 पर्सा प्रहरीले तस्करीमा कडाई गरेपनि सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टीको चेक प्वाइन्ट २ किलोमिटर दुरीमा ठाऊ ठाऊ भएपनि अहिले सो नाकावाट रातभरि तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।

त्यसै गरि उक्त नाकावाट भैसीहरु भित्रियाई खेतको अालो भई नेपाल ल्याउने गरेको भैसीहरुले हिडेको कारणले गर्दा किसानहरुले लगाएको गेहुको बाली, तरकारीहरुमा क्षति पुर्‍याउने गरेको एक किसानले बताएका छन्।

केही दिन पहिला सशस्त्र प्रहरीका नायब निरीक्षक ईन्द्रनारायण चौधरी अमरपर्टी बिअोपीका प्रमुख भएको भेला तस्करी भईरहेको फेला परेपछि ऊनीलाई बाहिनी तानेर कार्यबाही गरेका थिए।


सशस्त्र प्रहरीको सङ्गठनको नियम अनुसार एउटै बिअोपीमा दुईचोटी बस्न मिल्दैन नियम भएपनि सशस्त्र प्रहरी नायब निरीक्षक ईन्द्रनारायण चौधरी पावरको बलमा हाकिमहरुलाई भेडी चढाई पुन दोस्रोपटक अमरपर्टी नाकाका प्रमुखको जिम्मेवारी पाई ठुलो मात्रामा तस्करीको लाईन खुल्ला गराएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

सशस्त्र प्रहरी नायब निरीक्षक चौधरीले  कपडा , जुत्ता चप्पल , पेस्टको काम गर्ने जलेशवर भन्ने तस्करवाट एसपीको नाऊमा समेत रकम असुली गरि ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।

सई ईन्द्रनारायण चौधरीको मिलोमतोमा तस्करी भईरहेको समाचारहरु प्रकाशन भएपनि अहिले सम्म तस्करी नरोकिएको कारणले स्पष्ट बुझिन्छ कि तस्करी सानो देखि ठुला हाकिमहरुको अार्शिवादले तस्करी भईरहेको छ।

यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3