Menu

आजको मौसम

लागुऔषध नियन्त्रणका क्रममा गोली लागेर एकको मृत्यु

Author
Trilok Khabar |
February 24, 2022
Featured

बारा । अवैध लागुऔषध गाँजा नियन्त्रणका क्रममा बारा प्रहरीले चलाएको गोली लागि एक जनाको ज्यान गएको छ । अर्का एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

गएराती ११ बजेको समयमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.२ महुवाहीमा भएको मुठभेडमा परि नाम थर वतन नखुलेका अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालबाट भारत तर्फ ५ वटा जुटको बोरामा ७५ के.जी. अवैध लागु औषध गाँजा लिए जाँदै गरेका ७÷८ जना तस्कर र प्रहरीको जम्का भेट भएको थियो  । तस्कर समूहले प्रहरीलाई देखि गोली फायर गरेका थिए । 

प्रहरीले गाँजाका पोका सहित २ जना मानिसहरू नियन्त्रणमा लिएको छ । गोली लागेर घाइते भएका एक जनालाई तत्काल उपचारका लागि कलैया लगिएकोमा उपचारका क्रममा बिहीबार पौने दुई बजेको समयमा ज्यान गएको हो ।

अर्का भारत विहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने अदाजी ४० वर्षका हिरदेश गिरीलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



https://ift.tt/ECDRoWO

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3