Menu

आजको मौसम

छिपहरमाई गापा अध्यक्ष पदमा कांग्रेस नेता सिंहले मनोनयन दर्ता गरे

Author
Trilok Khabar |
April 26, 2022
Featured

पर्सा, १३ वैशाख । छिपहरमाई गाउँपालिकाको अध्यक्ष्Fमा नेपाली कांग्रेस पार्टीका नेता नविन सिंहको उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा  नेपाली कांग्रेसका लिलावति देवी कानुले उम्मेदवारी दर्ता गराएकी छिन् ।
छिपहरमाई गा.पा.को जमंगलापूरबाट नेपाली कांग्रेस पूर्व जिल्ला सचिव किशोरी साह कानु, नेपाली कांग्रेस पर्सा प्रवक्ता रमेश पांडेय, नेपाली कांग्रेस गा.पा. सभापति धूरेन्द्र साह कानु, जिल्ला सदस्य मुक्ति पासवान,जिल्ला सदस्य सुरेन्द्र यादवलगायत हजारौँको उपस्थितिमा सिँह छिपहरमाई गाउँंपालिकाको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् । ब्यानर एवम् रूख चिन्ह र रूखको झन्डा सहित हजारौ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए ।
बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितिले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरूद्धको विजयी हाँसिल गरेर देखाउने पर्सा प्रवक्ता रमेश पांडेयको दावी छ ।
जिल्ला समितिको निर्णयअनुसार पवित्र भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा छिपहरमाई गाउँंपालिकाको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको पाण्डेले बताए । जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार नविन सिँहको विश्वास छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3