Menu

आजको मौसम

समाजवादी विद्यार्थी युनियनद्वारा ठाराब क्याम्पस प्रमुखको कार्यालयमा धर्ना

Author
Trilok Khabar |
April 12, 2022
Featured

वीरगंज, २९ चैत ।
समाजवादी विद्यार्थी युनियनले ठाकुर राम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कोठा अगाडि आज धर्ना दिएका छन् ।
केही सप्ताह अघी स्नातक तह चौथो वर्षको थेसीसको फर्जी रसिद काटेर क्याम्पसको लाखौं रुपियाँ हिनामिना गरेको खबर सार्वजनिक भएको भन्दै विद्यार्थी युनियनले हालसम्म क्याम्पस प्रशासनले कुनै कारबाई नगरेकोमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थी नेता मो. सगीर अलीको अगुवाइमा भएको धर्ना कार्यक्रममा पवन यादव, आबिद हुसैन, दिलखुस देवान, संजय यादव, हरिकिशोर यादव, ओमप्रकास शर्मा,कृष्णा यादवलगायतको उपस्थिति थियो।
विद्यार्थीहरुले जारी गरेको विज्ञप्तिमा क्याम्पसको कोषमा आक्रमण कुनै सानो घटना होइन, यस्तो विषयमा क्याम्पस प्रशासनको सुस्तीले प्रशासन पनि शामिल छ ? भन्दै क्याम्पस बर्बाद गर्ने कुनै प्रकारको क्रियाकलापको संगठन विरोध गर्ने भन्दै मांग एक सप्ताह भित्र पुरा नगरेको कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
जाली रसिद कसले काटेको छ, उक्त व्यक्ति/संगठनको नाम औपचारिक रूपमा सार्वजनिक गर्नुपर्ने । उक्त कार्यमा क्याम्पसको कुन कर्मचारी संलग्न छन्, उसको माथि कडा भन्दा कडा कारबाई हुनु पर्ने, रसिद कुन प्रेसले बिना क्याम्पसको अनुमतिको छापेको छ उक्त प्रेस बिरूद्ध क्याम्पसले उजुरी गर्नु पर्ने, अझै कुन कुन संकायमा यस्तो र कति फर्जी रसिद काटेको छ अति शिघ्र छानबीन हुनु पर्ने । दोषी जो कोहि छन्, कानुन बमोजिम कारबाई हुनु पर्ने अर्थात व्यक्ति विरूद्ध क्यापसले उजुरी दिनु पर्नेलगायको माग गरिएको छ ।
    

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3