Menu

आजको मौसम

पर्साबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

Author
Trilok Khabar |
April 12, 2022
Featured

वीरगंज, २९ चैत । बालिकालाई जबरजस्ती करणी उद्योग गर्ने आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ फरहदवा बस्ने वर्ष २२ को आदेश पटेलले चैत २७ गते राति १०.३० बजे १५ वर्षीया बालिकालाई पिछा गरी  बालिकाको घरनजिकको गोठमा दाउरा लिन पुगेको समयमा जबरजस्ती करणी गर्दा बालिका कराएकी थिइन् । त्यतिबेला पटेल भागेको र पछि अभिभावकको जाहेरीमा पटेललाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ परेका पटेललाई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3