वीरगंज, २७ वैशाख ।
वीरगंज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्रले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।
वीरगञ्ज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समूह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोधन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरू आफै अगाडी आउन अनुरोध गर्नु भयो ।
त्यसको लागी स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन आग्रह गर्नु भयो ।
कार्यक्रममा उपश्थित समुहका महिला तथा स्थानीय महिलाहरूको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहित ५० जना महिलाहरूलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरूमा पररचालित गराईएको छ ।
प्रतिक्रिया लेख्नुहोस्