स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

लक्षुमनवामा कांग्रेसलाई ठूलो झट्का, बुथ उपसभापतिले गरे जसपा प्रवेश

SHARE:

वीरगञ्ज २२ वैशाख । नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
 
महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

त्यसतै संघीय सांसद् प्रदीप यादवले महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले आफै एउटा पनि विकास निर्माणको काम नगरेको र अन्य दातृ र प्रदेश र संघ सरकारले गरिदिएको कामलाई आफ्नो भनेर प्रचार बाजी गरिरहेको आरोप लगाए । 'सरावगीजीले २ सय किलोमिटर सडक बनाएको छु भन्नु हुन्छ तर कहाँ बनाएको छु भन्न सक्नु हुन्छ । वीरगञ्जमा हामीले जता हेर्यौं उता बिग्रेकै सडक छ, खै सरावगीजीले सडक कहाँ बनाउनु भएको छ,' यादवले कटाक्ष कस्दै भने, 'अरु निकाय, दातृ संस्था र प्रदेश तथा संघ सरकारले गरेको कामलाई आफ्नो भनेर प्रचारबाजी गर्दै हुनुहुन्छ मेयर सरावगी । आफूले एउटा पनि काम गर्न सक्नु भएको छैन ।

जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहले महानगरलाई पूर्ण रुपले डिजीटलाइज गरेर नगद कारोबारलाई अन्त्य गर्ने र बिचौलियाले सेवाग्राहीलाई ठग्ने कार्यलाई पनि पूर्ण रुपले खत्ताम पार्ने बताए ।

उनले नेतृत्वमा पुगेपछि यसअघि भएका सम्पूर्ण गलत कामको फाइल खोलेर हरेक दोषीलाई कारवाही गर्न विभिन्न निकायमा सिफारिस समेत गर्ने बताए ।

कार्यक्रममा उपस्थित स्थानीयहरुले यसअघिको महानगरको नेतृत्वले पाँच वर्षसम्म जनतालाई ठगेको र मुर्ख बनाएको बताउँदै आसन्न निर्वाचनमा छाता छापमा मात्रै मतदान गर्ने बताएका थिए । स्थानीयहरुले "छाता छाप जिन्दावाद", "जसपा जिन्दवादी", "छाता छापमा मतदान गरौँ" जस्ता नारा पनि लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: लक्षुमनवामा कांग्रेसलाई ठूलो झट्का, बुथ उपसभापतिले गरे जसपा प्रवेश
लक्षुमनवामा कांग्रेसलाई ठूलो झट्का, बुथ उपसभापतिले गरे जसपा प्रवेश
https://blogger.googleusercontent.com/img/a/AVvXsEjxWo1WUAprkpfIhcUhyGOpSDztAwm0EFk71-xvHAQ_hdpVxd4UOLAtR8It2iNQjplszyiHRuGRgPX4kmGZ7cgx-gVsFXg4sklcS3vNhXOkrIFsP8noGzLbgnmTQZh8nfL7XU7X29S0u86DBRuObtzEv4EhznPgzCX6F9RoSK98tn5kCHjHkIX61WaJSw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjxWo1WUAprkpfIhcUhyGOpSDztAwm0EFk71-xvHAQ_hdpVxd4UOLAtR8It2iNQjplszyiHRuGRgPX4kmGZ7cgx-gVsFXg4sklcS3vNhXOkrIFsP8noGzLbgnmTQZh8nfL7XU7X29S0u86DBRuObtzEv4EhznPgzCX6F9RoSK98tn5kCHjHkIX61WaJSw=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/05/blog-post_5.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/05/blog-post_5.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content