Menu

आजको मौसम

छाता छापको लागि भोट माग्दै वीरगञ्ज-२३ मा जसपाको घरदैलो

Author
Trilok Khabar |
May 06, 2022
Featured

वीरगञ्ज, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसाैनी सबैठवा गाउँमा आज घरदैलो कार्यक्रम गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसद् एवं पूर्वमन्त्री करिमा बेगम, प्रदेश सांसद् जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, लगायत सयौँ नेता, युवा, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिका मेयर उमेदवार राजेशमान सिंहले घरदैलो कार्यक्रमका कर्ममा स्थानीयहरुसँग भेटघाट गर्दा उहाँहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छापमा मात्र मतदान गर्ने आग्रह गरे ।

जसपाको नेतृत्वमा वीरगञ्जले विकास गर्न सक्ने र समृद्धि आउने बताउँदै स्थानीयहरुलाई पार्टीका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक बहुमतका साथ जिताएर पठाउने समेत नेता सिंहको अनुरोध थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3