वीरगंज, ६ असार । दालमोठ कारखानाको मेशिनमा परेर एकजना मजदूर घाइते भएका छन् ।
असार ५ गते जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बहुअरी नौतनस्थित दालमोठ कारखानामा काम गर्ने सोही ठाउँ निवासी ३७ वर्षीय विनोद साह कानु काम गरिरहेको अवस्थामा बायाँ हातको बुढिऔला र चोर औला काटिएर घाइते भएका छन् ।
उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, परवानीपुरले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्