Menu

आजको मौसम

वीरगन्ज महानगरपालिकाको बेरुजु रकम २ अर्ब ६६ करोड

Author
Trilok Khabar |
July 29, 2022
Featured

मधेसखबर

वीरगन्ज,१३ साउन : वीरगंज महानगरपालिकाको गत तीन आर्थिक वर्षको बेरुजू रकम दुई अर्ब ६६ करोड ८४ लाख पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार वीरगंज महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र ७६ करोड २७ लाख बेरुजू रकम ठहर भएको छ ।

गत आर्थिक वर्षसम्म महानगरपालिकको बेरुजू रकम  एक अर्ब ९२ करोड रहेकोमा आव २०७५/७६, २०७६/७७ र २०७७/७८ को लेखापरीक्षण रिपोर्ट अनुसार सो बराबरको बेरुजू रकम प्रमाणित भएको प्रतिवेदनले देखाएको छ ।

बेरुजू रकम प्रतिवर्ष थपिंदै जानु महानगरको लागि पछि अहित हुने सङ्केत देखिएको छ । जनप्रतिनिधिको कार्यालयको रूपमा रहेको महानगरको कार्यालयले बर्सेनि जथाभावी रकम वितरण गरेकाले सचेत हुन प्रतिवेदनले औंल्याएको छ । कर्मचारी, विभिन्न सङ्घसंस्थाका नाउँमा बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फछ्र्योट गर्नु अहिले चुनौतीको विषय भएको छ । कर्मचारीहरूले प्रलोभनमा तथा नेताहरूको दबाबमा परी जथाभावी रकम निकास गरेपछि बेरुजू रकम बढ्दै गएको महानगर स्रोतले जानकारी दिएको छ ।

महँगो सामान खरीद गरेको तर जिन्सी खातामा उल्लेखसमेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने यकीन नभएपछि सामान खरीद बराबरको रकम बेरुजू भएको देखिन्छ ।

त्यस्तै, सामान खरीद नगरी भुक्तानी मात्र दिएको देखिएपछि सो रकम बेरुजू भएको हो । यसैगरी, कोभिडको समयमा जथाभावी रकम भुक्तानी दिएकोले पनि बेरुजू रकम बढेको प्रतिवेदनमा उल्लेख छ ।

The post वीरगन्ज महानगरपालिकाको बेरुजु रकम २ अर्ब ६६ करोड appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3