Menu

आजको मौसम

९० किलो गाँजासहित कारमा सवार दुईजना भारतीय पक्राउ

Author
Trilok Khabar |
July 06, 2022
Featured

वीरगंज, २२ असार । 
जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध ९० किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । 
असार २१ गते राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीको गेटबाट प्रहरीले भारतीय नम्बरको इन्डिगो कारमा सवार दुईजनालाई ९० किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । 
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले बगही गेटबाट कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनी लुकाइछिपाइ राखेको अवस्थामा ९० किलो गाँजासहित भारत युपी गोपालपुरका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतिया निवासी २८ वर्षीय सुनील भारतीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ  पक्राउ परेकाहरुलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3