Menu

आजको मौसम

उदयपुरमा सप्तकोशीले कटान गरेपछि सप्तरीमा पनि ‘हाइअलर्ट’

Author
Trilok Khabar |
August 03, 2022

१८ साउन, सप्तरी । उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोशी नदी कटान भएपछि सप्तरीको दुई पालिकामासमेत हाईअलर्ट जारी गरिएको छ ।

जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको बताएका छन् ।

उनका अनुसार सप्तकोशी नदीको छेउछाउमा रहेको बस्तीहरुतर्फ ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको छ ।

सप्तकोशी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना रहेको छ ।

यस्तै, कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको मेयर ललन गुप्ताले जानकारी दिए ।

उनले यी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको बताए । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोशी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह गरेका छन् ।



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3