Menu

आजको मौसम

बारा प्रहरीद्वारा अस्वस्थकर अवैध घरेलु मदिरा तोडफोड

Author
Trilok Khabar |
August 31, 2022
Featured

बारा, १५ भदौ ।
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले आदर्श कोतवाल गाउंपालिकास्थित अवैध घरेलु मदिरा भट्टी तोडफोड गर्नुको साथै १ हजार लीटर तयारी मदिरा र ६ हजार लीटर कच्चा पदार्थ नष्ट गरेको छ ।
मंगलवार इ.प्र.का.बारागढी बाराबाट प्र.नि.सहित ९ जनाको प्रहरी टोलीले बारा आदर्श कोतवाल गाउँँपालिका वडा नं.६ पटेर्वा स्थित संजिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टीमा छापामारी गरेको थियो ।
जैसवालले अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गर्न प्लाष्टिकको ड्रममा कच्चा पदार्थ लुकाई छिपाई भण्डारण र संचालन गरेका थिए। सो ठाउंबाट तयारी मदिरा १,००० लीटर, मदिरा बनाउन प्रयोग गरिने ६,००० लीटर कच्चा पदार्थ र रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, ठुलो मात्रामा भडाकुडा तथा ७ वटा गुडको बोरा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बारागढी बारामा राखी थप अनुसन्धान अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ ।
जिप्रका बाराले आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जनाएको छ ।
यसअघि गत सोमवार भारत, पूर्वी चम्पारण जोलगावां–वडा नं. ३ निवासी अहमद अन्सारीका छोरा वाजुल अन्सारीको विषाक्त मदिरा सेवनबाट निधन भएको थियो ।
नेपाल–भारत सीमामा पर्ने नेपालतर्फको बारा जिल्ला, पचरौता नगरपालिका–४ बेलदारीमा लोकल रक्सी खान आएका उनको मदिरा सेवनबाट लडेर मृत्यु भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3