२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए । महानगरले शुक्रबार नै शोकसभा समेत गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्