Menu

आजको मौसम

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ टोली गठन

Author
Trilok Khabar |
August 05, 2022
Featured

मधेसखबर
वीरगन्ज, २० साउन : बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र बहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेश आएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको विज्ञ टोलीमा पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्य पनि छन्  ।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ बिमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफनो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।

The post निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ टोली गठन appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3