बारा । बारा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादनको हिसाबमा मधेस प्रदेशमा पहिलो भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल बारा जिल्लामा आएको झन्डै १ बर्ष नपुग्दै उहाँले गर्नुभएको रचनात्मक कामको उच्च मूल्याङ्कन गरि सरकारले मधेस प्रदेशभरिमा नै उत्कृष्ट काम गरेको जिल्ला प्रशासन कार्यालय बारालाई छनौट गरेको छ ।
बारा जिल्ला प्रशासनले ९० देखि माथि र ९५ देखि तल काम गरेको मूल्याङ्कनका अधारमा प्रथम अङ्क प्राप्त गरेको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८/०७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिले मूल्याङ्कन प्रतिवेदनका अनुसार पहिलो भएको छ ।
जिल्लामा शान्ति, सुरक्षा कायम गर्नेदेखि हत्या, हिंसा, बलात्कार, विभिन्न प्रकारका हिंसा न्यूनीकरण गर्ने काममा प्रमुख जिल्ला अधिकारी कटुवाल गर्न सफल हुनुभएको छ ।
उहाँ स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, मर्यादित रुपमा सौहार्दपूर्ण रुपमा सम्पन्न गराउनका लागि विभिन्न राजनीतिक दलहरूको सहकार्य सम्बन्ध सुमधुर बनाई सबैको मान सम्मान हुने गरि अगाडी बढ्नु भएको थियो ।
त्यति मात्र नभई जिल्ला प्रशासन कार्यालयमा हुने गरेको ढिलासुस्तीलाई कडाइ गरि उहाँले जनताको कामकाज छिटोभन्दा छिटो सेवा प्रभाव गर्नका लागि टोकन प्रणालीदेखि लिएर सेवाग्राहीहरूलाई बस्न सम्मको काम अगाडी बढाउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी कटुवालले सेड निर्माणदेखि दुर्गा मन्दिर निर्माण, फूलबारी बगैँचा निर्माण, गोलघर निर्माण, कम्पाउन्ड जम्ने गरेको पानीलाई व्यवस्थित गरि माटो पुर्ने काम समेत गर्नुभएको थियो ।
उहाँ त्यति मात्र नभई लामो समयदेखि रौतहट र बारा जिल्लाको सिमानामा रहेको मेवा रुपउलिया र टेढाकटीको बिचमा पर्ने अरुवा खोलामा रहेको विवाद रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजनीतिक दलहरूको समन्वयमा समस्या समाधान गराउन सफल हुनुभएको थियो ।
त्यसैगरी, हिन्दु मुस्लिम बीच ईनर्वा पहिचानपुरको ठुलो विवाद समाधान गर्ने जस्ता रचनात्मक कामहरू समे उहाँले उहाँले गर्नुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्