Menu

आजको मौसम

बारा–२ मा मतगणना पौने १ बजेदेखि शुरु

Author
Trilok Khabar |
April 24, 2023
Featured

बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर–२ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणना शुरू भएको छ । आइतवार रातिदेखि नै मतगणना शुरू गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले सोमवार १२ बजेर ४० मिनेट पछि मतगणना शुरू भएको हो ।
मतगणनका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।
महागढी र पचरौता नगरपालिका, करैयामाई, सुवर्ण र देवताल गाउँँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरूष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुर्ई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3