Menu

आजको मौसम

मेलामा विवाद हुँदा युवकको हत्या, दुई पक्राउ

Author
Trilok Khabar |
October 27, 2023
Featured

१० कात्तिक, जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।

हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।

घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।

आज पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3