Menu

आजको मौसम

काठ बोकेको ट्याक्टरसहित चालक प्रहरीको फन्दामा

Author
Trilok Khabar |
October 18, 2023
Featured

रौतहट  ०१ कार्तिक  । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध काठ बोकेको ट्याक्टरसहित चालकलाई पक्राउ गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ६ हर्षाहा चौक स्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले मंगलबार साँझ काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो।

बरामद सालको १६ थान गोलिया काठसहित ट्याक्टर र चालक  चन्द्रपुर नगरपालिका ३ गैंडाटारका वर्ष २५ को सतावन धामीलाई  आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

बरामद ट्याक्टर सहितको काठको कुल २१ लाख नौ हजार तीन सय छत्तिस रुपैयाँ मूल्याङ्कन गरी बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3