Menu

आजको मौसम

वीरगंजमा मुस्लिम, मधेसी, पहाडीले सामूहिक भाइटीका लगाए

Author
Trilok Khabar |
November 16, 2023
Featured

वीरगंज, ३० कात्र्तिक । वीरगंजमा विभिन्न जात, धर्म र समुदायको सहभागीतामा सामुहिक भाईटीकाझ मनाइएको छ।

बुधवार यमपञ्चकको अन्तिम दिन वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४ टेलिभिजनको आयोजनमा  'सामुहिक भाईटिका' मनाइएको हो ।

आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा आयोजित सामुहिक भाईटीका कार्यममा हिन्दु, मुस्लिम,मधेसी, पहाडी, थारू, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा भेला भई फरक फरक जाती र समुदायका दिदीबहिनीहरूको हातबाट सामुहिक रूपमा भाईटिका लगाएका हुन् ।
भाईटिका पहाडी समुदायको विशेष पर्व रहेपनि मधेसी,थारू, मारवाडी लगायतका समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले सामुहिक भाईटीका लगाइएको आयोजक न्यु २४ टेलिभिजनका केन्द्रीय ब्युरो प्रमुख राजु श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी भई भाईटीका लगाएका पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले विभिन्न जातजाति, धर्मका व्यक्तिहरू एकै ठाउँमा बसेर हर्षाेल्लासका साथ भाईटिका मनाउन पाँउदा गर्भान्वित महसुस भएको बताए ।लाठले भने,हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्योहारहरूलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ ।

कार्यक्रममा सहभागी सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश सांसद जितेन्द्र सोनल, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, लोसपा नेता नेजामुद्दिन समानी,कांग्रेस नेता महम्मद साहबुदिन, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतलेपनि भाईटीका लगाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3