Menu

आजको मौसम

भारतीय चल्ला ओसारपसार गर्ने सवारी साधन भन्सार चलान

Author
Trilok Khabar |
January 10, 2024
Featured

वीरगंज, २५ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतीय कुखुराको चल्लाको नष्ट गर्नुको साथै ओसार पसार गर्ने सवारी साधन भंसार बुझाइएको जनाएको छ ।
 
वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी सडकखण्डमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाइकलमा चल्ला ४२०० गोटा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु सवारी साधन छाडेर फरार भएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले बरामद चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत तिलावे खोलाको बगरमा खाल्डो खनेर नष्ट गरेको जनाएको छ ।
 
त्यसैगरी पुस २४ गते पक्राउ भएको भारतीय कुखुराको चल्ला ३८०० र ओसारपसार गर्ने दुईवटा मोटरसाइकललाई वीरगंज भन्सार कार्यालय बुझाएको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3