स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

मेरी सर्भिस सेन्टरले बिरामीलाई झनै रोगी बनायो

SHARE:

वीरगंज ४ माघ । वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरूलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा आएको छ ।
घटना गत पुस २३ गते सोमवारको हो ।

वीरगंज महानगरपालिका वडा नं. १७ निवासी एक महिलाले आफ्नो बन्ध्याकरण गराउन मेरी सर्भिस सेन्टरमा पुगेकी थिईन् । बन्ध्याकरण गराउन पुगेकी सो महिला सँग एउटा कागजमा दायाँ बाँया लेप्चे लगाई भर्ना गरिएको थियो । भर्ना भएकी केही समयमै अपरेश्न थिएटरमा लगी डा. राम नरेश यादवले बन्ध्याकरण (मिनी ल्याब) गरे । बन्ध्याकरण पश्चात बेलुकी बिरामीलाई घर पठाउनलाई डिस्चार्ज समेत गरियो । डिस्चार्ज गरी बिरामीलाई घर लैजानको लागि बिरामीका श्रीमान मेरी सर्भिस सेन्टर (क्लिनिक)मा पुग्दा एक व्यक्तिले तपाईको बिरामीको बन्ध्याकरण पूर्ण रूपमा सफल नभएको बताउँदा उनी आश्चर्यमा परे ।

सो विषयमा अस्पतालका कर्मचारी, प्रशासन वा डाक्टर सँग बिरामीका श्रीमानले सोध्दा सबै ठिक छ, त्यस्तो केही पनि नरहेको भनि ढाटे । पछि के भएको हो भनि श्रीमानले बुझदै जादा बन्ध्याकरण गर्दा दुर्ई वटा फ्लोपेन ट्युब (नशा) हुन्छ, त्यसमा एउटा मात्र नशा बन्द गरिएको र अर्काे नशा खुल्लै छोडेका डा. यादवको लापरवाही भएको देखियो ।
 
घटना भए पश्चात पीडितका श्रीमानले मेरी सर्भिस सेन्टरका प्रशासन हेर्ने (बाउन्सरको रूपमा कार्यरत्त) संदिप चौरसिया सँग बुझ्दा कुनै बिरामीको केश बिग्रेमा हामीले बिरामीबाट असुलेको रकम फिर्ता गछौं भन्दै पीडितका श्रीमानलाई फकाउने प्रयास गर्दा उनले म कानुनी उपचारमा जान्छु भन्दा चौरसियाले अभद्र व्यवहार गर्नुका साथै हातपात गर्ने प्रयास समेत गरेको पीडितले दुःखेसो पोखेका छन्।

वीरगंज–१७ की महिला त एउटा उदाहरणको लागि प्रतिनिधि पात्र मात्र हुन् । यो क्लिनिकमा त्यस्तो कैयौं घटना घटेको स्वयं अस्पतालका चिकित्सक यादव स्वीकार गरेका छन्।
क्लिनिकले एउटै बिरामी सँग बन्ध्याकरणमा दुर्ई पटकसम्म रकम असुल्नैको लागि यस्तो गर्ने गरेको बताईन्छ । रकमकै लागि बिरामीको जिउ ज्यान सँग खेलवाड गर्ने यस्ता क्लिनिक र डाक्टरमाथि बिरामीका श्रीमानले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखामा निवेदन दर्ता गराई कडा कारबाईको लागि माग समेत गरेका छन् ।
 
कम्पनि रजिष्ट्रारको कार्यालयमा वीरगंज मेरी स्टोप्स हेल्थ केयर नामले दर्ता गरिएको छ । स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट लालबन्दी–१ सर्लाही बस्ने संगिता कुमारीको नाममा दर्ता गराई १० हप्ता सम्मको गर्भपतन सेवा गर्न मात्र अनुमति लिएको मेरी सर्भिस सेन्टरको कार्यालयमा झुण्डयाईएको प्रमाणपत्रमा उल्लेख छ । अनुमति लिएकी व्यक्ति वीरगंज बाहिर कार्यरत्त रहेको र उनको प्रमाणपत्र मात्र राखी सेवाग्राहीहरूलाई झुक्याई मेरी सर्भिस सेन्टरले बिरामीको स्वास्थ्य सँग खेलवाड गर्दै रकम असुल्ने गरेको  बताईन्छ । 

डा राम नरेश यादव सँग बुझ्दा बिरामीको कुरूवालाई परामर्श दिने व्यक्तिले जानकारी नदिएको र मैले दिनमा ८०/८५ वटा सम्म मिनी ल्याब गर्ने गर्छु र कहिले काही मानव भएकोले गल्ती हुने गरेको बताए । यो घटनामा पनि म सँग गल्ती भएको स्वीकार गरे । मानव जीवन सँग खेलवाड गर्ने डाक्टर र स्वास्थ्य संस्था माथि नियमनकारी निकाय सँग कडा भन्दा कडा कानुनी कारबाईको पीडितहरूले माग गरेका छन् । 

मेरी सर्भिस सेन्टर नजिकै परिवार नियोजनको लागि भरपर्दाे मेरी स्टोप्स क्लिनिक  रहेकोमा सेवाग्रहीहरू मेरी स्टोप्समा नगई झुकिएर मेरी सर्भिसमा जाने गरेको बताईन्छ । ठगी धन्दा चलाएका मेरी सर्भिसले जानाजान मेरी स्टोप्स निर नै आफ्ना क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: मेरी सर्भिस सेन्टरले बिरामीलाई झनै रोगी बनायो
मेरी सर्भिस सेन्टरले बिरामीलाई झनै रोगी बनायो
https://blogger.googleusercontent.com/img/a/AVvXsEgXKaJv6LyzUnMT_jFgOKu12FhhG6uT8Ya78NlYdjbsyVM5GDt5n1n1OruZs7L-_2wrKzLfHNLritTax9K7_FGTfDwFWEQBxlyOcjgTd-W4mFS1mbyfxrXwXduR2ESfaKB1ZTAtLWWzcbQHiXTh2iENppcGYDTcli--r8lkQzC0fx3wl6VSVXNumt2MyiNg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgXKaJv6LyzUnMT_jFgOKu12FhhG6uT8Ya78NlYdjbsyVM5GDt5n1n1OruZs7L-_2wrKzLfHNLritTax9K7_FGTfDwFWEQBxlyOcjgTd-W4mFS1mbyfxrXwXduR2ESfaKB1ZTAtLWWzcbQHiXTh2iENppcGYDTcli--r8lkQzC0fx3wl6VSVXNumt2MyiNg=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2024/01/blog-post_52.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2024/01/blog-post_52.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content