Menu

आजको मौसम

भारतीय राजदूतद्वारा वीरगंजका उद्योगीसँग भेटघाट

Author
Trilok Khabar |
January 30, 2024
Featured

वीरगंज, १६ माघ ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपालको आर्थिक, सामाजिकलगायत द्विपक्षीय  हकहित र  चाहनाको विषयमा समस्या निकाल्ने मात्र नभई त्यसको समाधान पनि तत्काल खोज्नुपर्ने बताउनुभएको छ ।

मंगलवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय उद्योगी ब्यवसायीहरूले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालले उठाउने गरेका धेरै समसामयिक समस्याहरूको सुझाव र समाधानको उपायहरू आफूहरूले दिने गरेको बताउनु भयो ।  उनले भने, नेपालले गर्नुपर्ने र गर्नसक्ने धेरै कुरा छन् जुन नितान्त नेपालको हितमा छ । पहाडी क्षेत्रमा ट्रान्समिशन लाइन बिस्तार गर्न सकिएको छैन जसले गर्दा भारतमा विद्युत बेच्न बाधक बन्ने र नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ । राजदूत श्रीवास्तवले जनकपुर–कुर्था रेल दक्ष जनशक्तिको अभावले क्षमता अनुसार चल्न नसकेको बताउनुभयो ।

कार्यक्रममा  वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोर्ट सञ्चालन गर्न एकदम ढिलो भइसकेको बताउनुभयो । उहाँ रक्सौल रेलको गुणस्तर सुधार्न पनि जरूरी रहेको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले राजदूत श्रीवास्तवसँग भारतीय नोट रू ५०० र २०० नेपालमा सञ्चालनका लागि आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारसँग पटकपटक भारु पाँच सय र  २०० को नोट नेपालमा सञ्चालनको माग गर्दा पनि समस्याको सुनवाइ नभएको बताउनुभयो । प्रतिउत्तरमा भारतीय राजदूत श्रीवास्तवले भारु ५०० र  २०० हजारको नोट नेपालमा नचल्नुमा भारत सरकारको दोष नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले भारु  २०० र पाँच सयको नोट निषेध गरेको बताउनुभयो ।

कार्यक्रममा ओमप्रकाश शर्मा, डा सुबोध गुप्तालगायतले मन्तव्य राख्नुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3