स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

१४ वर्षदेखि धनुषाका एसपीहरूको असूली भाई बनेर करोडौं असुल्ने घुमुवा आजाद यादव

SHARE:

जनकपुरधाम, १० वैशाख । सीमाबाट तस्करी गराउने मुख्य भूमिका कस्को हुन्छ भनेपछि जवाफ एउटै हुन्छ– "प्रहरी" । धनुषामा एक प्रहरी यस्ता पनि छन् जो जिल्ला घुमुवाको टोली हुँ भनी तस्करहरुसँग सहजै करोडौँ उठाएर सरकारको राजस्व छली गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा विगत १४ बर्षदेखि एसपी (सबै) को ड्राइभर समेत रहेका आजाद प्रसाद यादव गोप्य घुमुवाको रुपमा परिचालन भई करोडौँ रुपैयाँ असुली गर्दै आएका छन् । यादवले धनुषाको सीमा क्षेत्रमा अड्डा जमाएर बसेका तस्करहरुसँग मासिक लाखौँ असुली गरी एसपीहरुलाई बुझाउने गरेका छन् । धनुषामा आउने एसपीले चढने बा ७ झ ३६०६ नम्बर प्रहरी भ्यानका चालक रहेका यादवले कैयौँ एसपीहरुलाई गुमराहमा पनि राख्ने गरेका छन् ।

कुनै पनि जिल्लामा तस्करहरुसँगको सम्पर्क प्रहरी सँगठनको चार तहसम्म हुने गर्छन् । जसको लागि उच्च पदस्थ अधिकारीहरुले एउटा गोप्य मान्छे राख्ने गरेका छन् । यस्तै, धनुषामा आउने एसपीहरुको चाहेता र गोप्य घुमुवाको रुपमा विगत १४ बर्षदेखि आजाद प्रसाद यादवले अड्डा जमाएर कमाउ पुतको रुपमा आफूलाई चिनाएका छन् । यद्यपी, गृह मन्त्रालयले घुमुवाहरुलाई फिर्ता बोलाएपछि उनी अहिले यस क्षेत्रमा निष्क्रीय रहेका छन् । अहिले उनी मात्र प्रहरी प्रमुखको चालकको रुपमा कार्यरत छन् ।

विभिन्न सीमानाकाबाट हुने तस्करीको जिम्मेवार बोर्डरमा स्थापित सशस्त्र प्रहरीको बिओपी हुन् । तर, यसपछि ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीसम्म सेटिँग हुन्छन् । ईलाका र प्रहरीचौकीले सेटिँग मिलाएका तस्करहरुलाई कुनै कुनै बेला जिल्लाको टोली भनेर समाउने गरेको छ त्यो दाम नमिलेर मात्र हो । कहिलेकाँही राती १० बजेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट निस्कने आजाद यादव धनुषाको विभिन्न नाका पुग्ने गरेको गोप्य श्रोतको दाबी छ । साथमा केही प्रहरी राखेर रुपैयाँ नदिने व्यापारी, तस्कर र समानलाई समाएर जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने गरेको छ ।

प्रहरी सँगठनमा एकै ठाउँमा विगत १४ बर्षदेखि अड्डा जमाएका यादवले धनुषा आउने एसपीहरुकै छत्रछायाँमा राखिएको छ । यस सन्दर्भमा वर्तमान एसपी भुवनेश्वर तिवारीले भने अहिले जिल्लामा कुनै घुमुवा नरहेको दाबी गरे । उनले आफू धनुषामा नमुना कार्य गर्न आएको बताउँदै कुनै घुमुवा परिचालन नभएको तथा चालकले यस्तो कार्यमा संलग्नताबारे आफूलाई जानकारी नभएको बताए । उनले आफू भर्खरै जिल्ला प्रमुख बनेर आएपछि आफूलाई धेरै कुरा अहिले थाहा नभएको भन्दै खण्डन गरे ।

स्रोतको अनुसार, आजाद प्रसाद यादव र प्रकाश सिँह नामक प्रहरी समय मिलाएर मात्र निस्कने गरेका छन् । यी दुवै जनाको जुगलबन्दीले सीमाबाट हुने तस्करीलाई थप ठाउँ मिलेको हो । यादव र सिँहले धनुषा आउने एसपीहरुको नाममा सीमामा जडो गाडेर बसेका नमुद तस्कर, व्यापारीहरुसँग असुली गर्दै आएको बताईन्छ ।

पूर्वी धनुषाको इनरवादेखि पश्चिम मुखियापट्टि मुसरनीयाँसम्म आजाद यादव र प्रकाश सिँहले महिनबारी उठाउने गरेका छन् । जसमा दुध व्यापारी (तस्कर) मनिष मिश्रा, रक्सी तस्कर प्रमोद ठाकुर, रुपेश यादव, अनिल मण्डलसँग मासिक १८ हजार रुपैयाँदेखि सुरु भई ३० हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।

यस्तै, कपडाको नामुद तस्कर रहेको पहनी चाचीबाट मासिक ३० हजार, कपडाकै गुप्ता तस्करबाट मासिक ४५ हजार रुपैयाँ, नरेशसँग मासिक २८ हजार रुपैयाँ तोकेर उठाउने गरेका छन् । यादवले रामकुमारको क्रसर उद्योगबाट समेत २५ हजारको मासिक लिने गरेका छन् ।

असई सरुवामा पनि लेनदेन

जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने असई सरुवा प्रक्रियामा पनि आजाद यादवले रकम उठाउने गरेको खुलेको छ । अनुशासन विपरित, विभाग विपरित वा गैर अनुशासित कार्यमा संलग्नतापछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट हुने निष्पक्ष कारवाहीको क्रममा पनि यादवले सोही ठाउँमा राखि राख्न वा अन्यत्र कतै सरुवा मिलाइदिन उनले २५ देखि ५० हजारसम्म लिने गरेका छन् । धनुषा आउने एसपीहरुको विश्वासको पात्र मानिएका आजाद यादवले सोझासाझा एसपीहरुलाई धोका समेत दिने स्रोत बताउँछन् । एसपीहरुको नाम बेचेर उनले रकम उठाउने गरेको पाईएको छ ।

यस सन्दर्भमा सवारी चालक यादवसँग कुरा गर्न उनको सम्पर्क नम्बर ९८२३६***३२ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।

छानबिन गरी तुरुन्त कारवाही गर्छौँः एसपी तिवारी

धनुषामा आए लगत्तै एक्सनमा आएका नयाँ एसपी भुवनेश्वर तिवारीले यादवमाथि छानबिन गरी तुरुन्त कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे । अहिले सोही गाडीका चालक रहेका आजाद यादवको सन्दर्भमा न्यूज ब्यूरोसँग भएको संक्षिप्त कुराकानीमा एसपी तिवारीले उनको विरुद्ध एउटै प्रमाण फेला परे तु को तु. कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।

धनुषामा आएपछि प्रहरी संगठनबाट हुने विभिन्न सूचनाहरुको पारदर्शितालाई झन उजागर गर्न सफल भएका नयाँ एसपी तिवारी इमान्दार पदस्थ अधिकारीको रुपमा चिनिन्छन् । गत चैत २६ गते मात्र धनुषा आएका एसपी तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रवाह हुने सेवा, मुद्दाको विवरण, फर्छायौटको विवरण, घटना प्रतिघटना, कारवाही, अनुसन्धानको समेत पारदर्शीता गरेपछि उनको चौतर्फी प्रशँसा गरिएको छ । धनुषा आएका अन्य प्रहरी प्रमुखहरुभन्दा तिवारीको कार्य सम्पादन र कार्यशैली फरक रहेको जिल्लावासीले महसुस गरेका छन् ।

एसपी तिवारी आएपछि भएको विभिन्न अपराधिक घटनाका आरोपित, शंकास्पद र संलग्न व्यक्तिहरुलाई केही घण्टाभित्रै पक्राउ गरी प्रहरीको सक्रियता दर्साएका हुन् । सवारी चालक आजाद यादवको सन्दर्भमा समेत उनले प्रमाण फेला परी एक्सन लिने विश्वास गरिएको छ ।  न्यूज ब्यूरो

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: १४ वर्षदेखि धनुषाका एसपीहरूको असूली भाई बनेर करोडौं असुल्ने घुमुवा आजाद यादव
१४ वर्षदेखि धनुषाका एसपीहरूको असूली भाई बनेर करोडौं असुल्ने घुमुवा आजाद यादव
https://blogger.googleusercontent.com/img/a/AVvXsEh8JcD1kVDw9_1-zf6v-dOMlikDfsBc3AIWpkDPWMktppkRoT09kQhzfLP_8mUxPBv0TxDDFKnUMHq7StpnTuwV5YcvEQ8XpDN04R34dW15gq3yU-zPbBXJ37U5OZ6Q6UCiQ-vhunOQs8n1ro-BvaBdfSI953DiHOJywgX6rDBMB1Tv100AQqNIr8fCeUD1=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh8JcD1kVDw9_1-zf6v-dOMlikDfsBc3AIWpkDPWMktppkRoT09kQhzfLP_8mUxPBv0TxDDFKnUMHq7StpnTuwV5YcvEQ8XpDN04R34dW15gq3yU-zPbBXJ37U5OZ6Q6UCiQ-vhunOQs8n1ro-BvaBdfSI953DiHOJywgX6rDBMB1Tv100AQqNIr8fCeUD1=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2024/04/blog-post_22.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2024/04/blog-post_22.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content