Menu

आजको मौसम

तराई मधेस देशको मेरुदण्ड– कमल थापा

Author
Trilok Khabar |
November 12, 2024
Featured

वीरगंज २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले तराई मधेस नेपालको मेरूदण्ड रहेको बताएका छन् ।
आज वीरगंजको आदर्शनगरस्थित टिबडेवाल धर्मशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशको कुल जनसंख्यामध्ये ४९ प्रतिशत जनसंख्या तराई मधेसमा रहेको रहेको बताए । उनले यहाँको भौगोलिक, सुगमता, यातायातको सुबिधा भएता पनि आर्थिक, सामाजिक, राजनीतिक दृष्टिकोणबाट तराई मधेस सदैव पिछडिएको बताए ।
उनले यहाँका जनताले विभिन्न किसिमका शोषण खेप्नुपरेको बताए । अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवद्र्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको उनको भनाई थियो । सनातन धर्म संस्कृति र गौरवशाली सभ्यताको रक्षा गर्दै सबल र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई थियो। संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए।
महत्वपूर्ण निर्णय अगामी पुस महिनामा  सुनसरी जिल्लाको पबित्र तीर्थस्थल चकरा धामबाट तराई मधेसका विभिन्न जिल्ला हुँदै हुलाकीमार्ग हुँदै नवलपरासी जिल्लाको पबित्र तिर्थस्थल त्रिबेनी धाम सम्म जनजागरण अभियान शुरू गरिने बताएका थिए ।
तराई मधेस राष्ट्रिय सम्मेलन कार्यक्रम २७ गते आज समापन हुने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष राजिव पराजुलीलगायत २१ जिल्लाका २०० जना प्रतिनिधिहरुको सहभागिता हुने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3