Menu

आजको मौसम

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

Author
Trilok Khabar |
December 02, 2024
Featured

बारा, १७ मंसिर ।  उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए ।

उपराष्ट्रपति रामसहाय यादवको गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण गर्दै हेलिकप्टरबाट चार फन्को पनि लगाएको थियो ।

मंसिर १ गते देखि शुरू भएको मेलामा मंसिर १७ गतेपछि मात्रै भीड बढ्न थालेको छ ।

पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा, मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

विश्व प्रसिद्ध गढीमाई मेला शुरू भएपछि नेपालका उपराष्ट्रपति लगायत राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरूले मेलाको अवलोकन गर्न थालेका छन् । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरूले अवलोकन क्रम जारी रहेको मेला मूल ब्यवस्थापन समितिले जनाएको छ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगायत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3