Menu

आजको मौसम

प्रेस मञ्च नेपाल मधेस प्रदेशको अघ्यक्षमा अमरेन्द्र यादव

Author
Trilok Khabar |
September 03, 2025
Featured



सिरहा । 

जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् । 
सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्रलाई चयन गरेको हो । 

दुई दिन सम्म चलेको सो अधिवेशनबाट अध्यक्ष यादव सहित २१ सदस्यीय समिति चयन गरेको छ । समितिमा उपाध्यक्षमा रामहृदय यादव(धनुषा), माला राय(धनुषा), मुख्यसचिवमा प्रवेश कुमार मिश्र(सप्तरी, त्यस्तै सचिवमा नागेन्द्र यादव(महोत्तरी),  प्रभा कुमारी यादव(पर्सा) र समावेशी सचिवमा राम पुकार राउत(रौतहट) र सरोज कुमार यादव(सर्लाही) चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् ।   
उमेश यादव(रौतहट), राजेश प्रसाद यादव(बारा), शितल साह(सिरहा), ओमप्रकाश यादव(सिरहा), विनय कुमार अधिकारी(धनुषा), बह्मान्नद ठाकुर(धनुषा) र मेवालाल यादव(रौतहट) सदस्यमा चयन भएका छन् । त्यस्तै, महिला सदस्यमा रश्मी पटेल(रौतहट), आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार(सिरहा) र ज्ञानेश्वर मण्डल(सर्लाही) रहेका छन् भने साविर आलम मुस्लिम सदस्यमा चयन भएका छन् । 

सो अधिवेशनमा भाग लिन मधेश प्रदेशको ८ जिल्ला र अन्य प्रदेशबाट समेत जिल्ला पार्षद, केन्द्रिय पार्षदको सहमती मै अध्यक्षमा यादव सर्वसहमती चयन भएको निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीले जनाएका छन् । सो अधिवेशन भएसँगै प्रेस मञ्च मधेश प्रदेश समितिले पूर्णता पाएको छ । 

निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार सो समिति दुईपक्षीय सहमतीका आधारमा समिति सर्वसहमति मै समिति चयन भएको हो । चयन समितिलाई प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, कार्यवाहक अध्यक्ष मनोज कुमार यादव सहित केन्द्रिय पदाधिकारीहरु त्रिलोकीनाथ यादव, अनिल वर्मा, लगायतको सहभागिता रहेको थियो । 


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3