Menu

आजको मौसम

तरकारी बोकेको गाडीबाट ३३४ केजी गाँजा बरामद

Author
Trilok Khabar |
September 21, 2025
Featured

रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ ।
मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीबाट प्रहरीले २६ वटा पोकामा रहेको ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।
प्रहरीलाई देख्ना साथ गाडीचालक भागेपछि चेकजाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको प्रवक्ता प्रनाउ कार्कीले बताए । गाँजा र गाडी प्रहरीले नियन्त्रणमा लिएर गाडी चालकको खोजी भइरहेको जिप्रका, रौतहटले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3