Menu

आजको मौसम

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

Author
Trilok Khabar |
September 09, 2025
Featured

काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।

सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।

सेनाले भनेको छ, "नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ ।"

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रही आएको उल्लेख गरेको छ ।

नेपालमा हाल भइरहेको जेन्जी आन्दोलनका विकसित घटनाक्रमबारे  विश्लेषण गरिरहेको जनाउँदै सेनाले यस आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।

साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ । सेनाले घाइते बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3