Menu

आजको मौसम

हरियो, स्वच्छ र आकर्षक वीरगंज अभियान शुरु

Author
Trilok Khabar |
November 02, 2025
Featured

वीरगंज, १६ कात्तिक । वीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर वीरगंज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा "हरियो, स्वच्छ र आकर्षक वीरगंज" अभियानको आइतवारदेखि शुरु भएका छ ।
वीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट शुरू गरिएको अभियान अन्तर्गत वीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री शहरको रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो । फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यसमेत गरियो ।
अभियान अन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्मको सडक किनारामा वृक्षारोपण, फोहोर व्यवस्थापन, र सरसफाइका स्थायी उपायहरू लागू गरिने आयाजकले जनाएका छ ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्ष्Fतामा भएका कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, वीरगंज भन्सार कार्यालयका डिएसपी पुरूषोत्तम भण्डारी, सशस्त्र प्रहरीको टोली, नगर प्रहरी, वीरगंज महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3