Menu

आजको मौसम

बाराबाट ६४ किलो गाँजासहित दुईजना पक्राउ

Author
Trilok Khabar |
December 27, 2025
Featured

बारा, १२ पुस । बाराबाट लागू औषध गाँजा ६४ किलोसहित एकजना भारतीय र एकजना नेपाली नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
 
पुस ११ गते राति ११ः३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको कमाण्डमा र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट प्र.स.नि. विश्वराज प्रसाद कुशवाहाको संयुक्तरूपमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ न.पा. ३ नयाका टोल बस्ने वर्ष ४० को राजकिशोर हजरा, भारत, बिहार राज्य जिल्ला मोतिहारी बनकटवा थाना अगरवागाँउ बस्ने वर्ष ५० को सुरेशलाई पक्राउ गाँजासहित पक्राउ गरेको निमित्त सूचना अधिकारी प्र.नि. सुरेश राज भट्टले जनाएका छन् ।
 
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ३ बडपुरवास्थित गगांनगर नयका टोलबाट जुटको बोरामा राखी पिठ्युमा बोकी लुकिछुपी ओसारपसार गर्दै गरेको अवस्थामा दुवै जनालाई लागू औषध गाँजा ६४ किलो ४५० ग्राम (४ वटा जुटको बोरा)सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिप्रका, बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3