$type=ticker$count=12$cols=4$cate=0$show=home

$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

नगवामा जसपा नेपालको चुनावी कार्यक्रम

SHARE:

वीरगन्ज- मधेस प्रदेशका प्रथम मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय महासचिव लालबाबु राउतले जसपा नेपाल सरकारमा सहभागी भएका बेला मधेसमा भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफू मुख्यमन्त्री रहँदा वीरगन्जको नगवामा सडक, नाला, मन्दिर सौन्दर्यीकरणदेखि श्मशान घाट निर्माणसम्मका काम सम्पन्न गरिएको जानकारी दिनुभयो। "जब–जब जसपा सरकारमा गएको छ, तब–तब मधेसका जिल्लामा विकासले गति लिएको छ," उहाँको भनाइ थियो।

उहाँले मधेसको पहिचान, अधिकार र संघीयताको सवालमा जसपाले नै सशक्त आवाज उठाउँदै केही माग पूरा गराएको तथा बाँकी माग पूरा गर्न अझै संघर्ष जारी रहेको उल्लेख गर्नुभयो। त्यसका लागि पार्टीको चुनाव चिन्ह 'छाता' मा मतदान गर्न उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले पनि घरदैलो र कोणसभामार्फत मतदातालाई जसपा नेपालको पक्षमा मतदान गर्न अपिल गर्नुभयो। उहाँले मधेसी समुदायको हक–अधिकारका लागि जसपा निरन्तर संघर्षरत रहेको बताउँदै सुशासन र विकासका लागि छाता छापमा मतदान गर्न आग्रह गर्नुभयो।

उम्मेदवार यादवले भ्रष्टाचार र अनियमितताका कारण निर्धारित समयभन्दा अघि निर्वाचन हुनुपरेको धारणा व्यक्त गर्दै ठूला दलका नेताहरूको कार्यशैलीप्रति युवाहरू आक्रोशित भएको उल्लेख गर्नुभयो। "नागरिकका लागि काम गर्ने इमानदार उम्मेदवारलाई जिताउन आवश्यक छ," उहाँले भन्नुभयो।

कार्यक्रममा जसपा नेपालका  केन्द्रीय सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, रेखा सह, जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,61,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: नगवामा जसपा नेपालको चुनावी कार्यक्रम
नगवामा जसपा नेपालको चुनावी कार्यक्रम
https://blogger.googleusercontent.com/img/a/AVvXsEg6cySpbjF7s4iktN3JwfWfDTwVlC_6Wdb1v1-7-spOGm9oJz23kxBYMwhXGqiDzQD58DU-w0CIzhIXzkPTwKZ7xWsO27YxMnwsnMgp7qK9IjIusEuTOAhE-0oa8eTMMHpbVPz9HlTaHWqULm29z_G1pEIGpU_yEhuIMaRhUMSuJvf_pfXY5t4CClAMRB5i=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEg6cySpbjF7s4iktN3JwfWfDTwVlC_6Wdb1v1-7-spOGm9oJz23kxBYMwhXGqiDzQD58DU-w0CIzhIXzkPTwKZ7xWsO27YxMnwsnMgp7qK9IjIusEuTOAhE-0oa8eTMMHpbVPz9HlTaHWqULm29z_G1pEIGpU_yEhuIMaRhUMSuJvf_pfXY5t4CClAMRB5i=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2026/02/blog-post_21.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2026/02/blog-post_21.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content