वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण रोक्न महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने काम अघि बढाएको हो ।
महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता घातक रोगबाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले नागरिकलाई पनि आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्